![]()
काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाले सभापति शेरबहादुर देउवा असफल भएपनि पद छोडन जरुरी नभएको बताएकी छन ।
सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएकाले अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिईन्।चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजिनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको तर्क छ।
साक्षात्कारमा बोल्दै उनले भनिन्,“पद् छोड्नै पर्छ भन्ने छैन्, पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्नुपर्छ, गिरिजाबाबुले पार्टी हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो, अहिलेको नेतृत्वले त्यसो गर्न सकेन।”
पछिल्लो समय कांग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको भन्दै कोइरालाले सक्षम र राम्रा मान्छेलाईभन्दा आफ्ना मान्छेलाई काखी च्याप्ने गरेको पनि गुनासो पोखिन्।


