Breaking News.... EverestOnlineKhabar
August 18, 2026

दक्षिण कोरियाली प्रशिक्षकको चलाकी : बिपक्षीलाई झुक्याउन आफना खेलाडीलाई फरक जर्सी

Loading

एजेन्सी । दक्षिण कोरियाका प्रशिक्षकले पछिल्ला दुई मैत्रीपूर्ण खेलमा विपक्षी टिमका खेलाडीलाई झुक्याउनका लागि आफ्नो खेलाडीलाई नियमित भन्दा फरक जर्सी लगाउन दिएको बताएका छन् ।

टोटनह्यामका सन हेङ्ग–मिन र कप्तान की सुङ्ग–युएङ्गले मात्रै आफ्नो नियमित जर्सी लगाएका थिए । अरु सबै खेलाडीले नियमित भन्दा फरक अर्थात एक अर्काको जर्सी लगाएका थिए ।

प्रशिक्षक शिन ताइ–योङ्गले जुनको सुरुमा बोलिभिया र सेनेगलसँगको खेलमा आफ्ना खेलाडीलाई यस्तो गर्न लगाएको दाबी गरेका हुन् । प्रशिक्षक शिनले भने, ‘हामी विपक्षले हाम्रा बारेमा सबै थाहा पाउन् भन्ने चाहँदैनथ्यौँ, उनीहरुलाई कन्फ्युज गर्न चाहन्थ्यौँ ।’

विपक्षी टिमबारे सबै प्रशिक्षकले पहिलोदेखि नै निगरानी राख्ने भएकाले आफ्ना बारेमा सबै जानकारी नदिनका लागि यस्तो गरेको उनले बताए ।

लगातार नवौँ पटक विश्वकप खेल्न लागेको दक्षिण कोरियाले आफ्नो पहिलो खेलमा सोमबार स्वीडेनसँग प्रतिस्पर्धा गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.