Breaking News.... EverestOnlineKhabar
June 5, 2026

राजु नाम गरेको पाँच जनाको हत्यारा ‘मोष्ट वान्टेड’ पक्राउ

Loading

सर्लाही । तराईमा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेको ‘राजु’ भनिने उमेश पासवानलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ।
तराईमा ५ जनाको गोली हानी हत्या गरेको आरोप लागेका पासवान प्रहरीको तीन वर्षको प्रयासपछि पक्राउ परेका हुन्।

पासवानले रुपन्देही, चितवन, सर्लाही लगायत जिल्लामा गोली प्रहार गर्दै बिभिन्न व्यक्तिहरुको हत्या गरेको प्रहरीको दाबी छ।
हरिपुरमा तीन वर्षअघि गोली हानी उनले एक व्यक्तिको हत्या गरेका थिए। गोली प्रहारका एक दर्जन घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ।

पासवान धम्काउदै पैसा माग्ने र पैसा नदिए गोली हानी हत्या गर्दै आएका थिए। लालबन्दी नगरपालिका २, सर्लाही घर भएका ४५ वर्षीय पासवानमाथि खूनडाँका तथा संगठित अपराध, डाँका, हातहतियार, कर्तव्य ज्यान, ज्यान मार्ने उधोग, चोरी, जबरजस्ती चोरी लगायतका मुद्दा विचाराधीन रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed