Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

बीबीसी । चीनले आफ्नो सैन्य खर्च भारी मात्रामा बढाउने घोषणा गरेको छ । आउँदो वर्ष चीनले एक खर्ब, ७५ अर्ब अमेरिकी डलर सैन्य खर्च रहने घोषणा गरेको हो । यो अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत बढी हो ।

राजधानी बेइजिङमा भइरहेको चिनियाँ संसदको वार्षिक बैठकमा प्रधानमन्त्री लि कछ्याङले सैन्य खर्च बढाउने घोषणा गरेका हुन् । यस्तै वार्षिक आर्थिक वृद्धिदर ६.५ प्रतिशत तय गरिएको पनि उनले बताएका छन् ।

चिनियाँ राष्ट्रिय कांग्रेस (एनपिसी) को बैठकले एक व्यक्ति लगातार दुईपटक मात्रै राष्ट्रपति हुन पाउने व्यवस्था पनि हटाउने अनुमान गरिएको छ ।

यसले राष्ट्रपति सि जिनपिङलाई आफूले चाहेसम्म पदमा कायम रहने बाटो खोल्नेछ । सिलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत सेतुङपछिका अहिलेसम्मकै शक्तिशाली नेताको रुपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed