![]()
काठमाडौं । नेपाल प्रहरीको इन्टरपोल शाखाले फरार सूचीमा रहेका एक युवकलाई भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको छ ।
प्रहरीले लोडु डिमेलाई सोमबार बिहान एयर इन्डियाको फ्लाइटबाट नेपाल ल्याइएको हो ।
डिमेलाई अवैध रुपमा वन्यजन्तुको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा पुनराबेदन अदालत पाटनले २०७१ फागुन १२ गते पाँच बर्ष कैद फैसला सुनाएको थियो।
इन्टपोल शाखाले डिमेलाई गत माघ २२ गते रेड कर्नर नोटिस जारी गरी खोजी गरिरहेको थियो।


