![]()
एजेन्सी । भारतीय अभिनेत्री कंगना रनवट आफनो अभिनय, जीवन शैली र अभिव्यक्तिका कारण बेलाबेलामा चर्चामा आउने गर्छिन । अभिनेता हृतिक रोशनसँगको प्रेम र गोप्य पत्र आदन प्रदानले उनलाई ठूलो विवादमा पनि ल्यायो । आफनो अभिव्यक्तिमा निकै खरो रुपमा उत्रिने कंगना व्यवसायिक जीवनमा भने सफल छिन् । उनी एकपछि अर्को अब्बल फिल्ममा काम गरिरहेकी छिन् भने उनले अभिनय गरेका फिल्म लगातार हिट भैरहेका छन ।
कंगना हालै एक अन्र्तवार्तामा आफ्नो ब्वाइफ्रेन्डको मापदण्ड तोकेर चर्चामा आइन् । उनलाई सोधियो, आफ्नो ब्वाईफ्रेन्डमा के खुबी हुनुपर्छ ?
कंगनाको जवाफ सुनेर सबै अचम्म परे । उनले भनिन, ‘देशप्रेमी हुनुपर्छ ।’
उनले थपिन, ‘म आफ्नो देशलाई एकदमै प्रेम गर्छु, त्यसैले म चाहन्छु कि मेरो ब्वाइफ्रेन्ड देश प्रेमी होस् ।’ कंगनाले थप अगाडि भनिन,‘ यदि हुनेवाला ब्वाइफ्रेन्डमा देशप्रेम छैन भने ब्रेकअप गरिदिन्छु ।’
‘यदि ऊ देशको हुन सक्दैन भने, अरु कसैको हुन सक्दैन’ कंगनाले भनिन् । हुन त कंगनाले आगमी फेब्रुअरीसम्म बिवाह गरिसक्ने बताएकी छिन् ।
कंगना यतिबेला आफ्ना पीरियड ड्रामा फिल्म ‘मणिकणिर्का’को सुटिङमा व्यस्त छिन् ।


