![]()
एजेन्सी । केन्याको एक अस्पतालमा एउटा बिरामीको टाउकोको शल्यक्रिया गर्नु पर्नेमा अर्को बिरामीको शल्यक्रिया भएको छ ।
राजधानी नैरोबीमा रहेको अस्पतालमा गलत बिरामीको टाउकोको शल्यक्रिया भएको हो । घटनापछि अस्पतालका कर्मचारी, नर्ससहित सिइओसम्म निलम्बित भएका छन् ।
मस्तिष्कमा रगत जमेका एक बिरामीको शल्यक्रिया गर्नु पर्ने थियो । तर डाक्टरले मस्तिष्क सुन्निएका बिरामीको शल्यक्रिया गरेका हनन्, जसलाई शल्यक्रियाको आवश्यकता नै थिएन ।
बिरामीलाई लगाइने परिचयात्मक ट्यागमा गडबडी भएकाले गलत बिरामीको शल्यक्रिया भएको खबरमा उल्लेख गरिएको छ ।
नैरोबीमा रहेको केन्याट्टा नेशनल हस्पिटलमा न्युरोसर्जनले गलत बिरामीको शल्यक्रिया गरेका हुनन् । शल्यक्रिया सुरु भएको केही घण्टापछि मात्रै डाक्टरले आफ्नो गल्ती थाहा पाएका थिए ।
शल्यक्रिया गरेर मस्तिष्कमा हेरिसकेपछि मात्रै डाक्टरले त्यहाँ क्लब कोल्ट नरहेको थाहा पाएका थिए । गलत शल्यक्रिया गरिएका बिरामीको स्वास्थ्यमा अहिले सुधार आइरहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको अस्पतालले जनाएको छ ।
अनुसन्धानकर्ताले अस्पतालसँग रिपोर्ट मागेका छन् र यस विषयमा आयोग बनाएर छानबिन हुनु पर्ने बताएका छन् । सामाजिक सञ्जालमा धेरैले घटनाको विरोध गरेका छन् ।
यहि अस्पतालमा ६ हप्ता अघि भर्खरै बच्चा जन्माएका आमामाथि यौन हिंसा हुने गरेको खबर आएको थियो । स्वास्थ्य मन्त्रीले त्यस विषयमा छानबिन गर्न आदेश दिएका थिए ।


