Breaking News.... EverestOnlineKhabar
June 15, 2026

Loading

टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानले कोरोना भाइरससँग लड्नका लागि आफ्नो ७ महिनाको तलब दान गर्ने घोषणा गरेका छन् । उनले सोमबार राष्ट्रिय एकता अभियान सार्वजनिक गर्दै यस्तो घोषणा गरेको सरकारी समाचार एजेन्सी एनादोलुले बतायो । ‘म आफ्नो सात महिनाको तलब दान दिएर यो अभियानको सुरुवात गर्दैछु,’ उनले भने । यो अभियानमा मन्त्रीपरिषदका सदस्य र सांसदहरुले ७ लाख ९१ हजार डलर दान दिइसकेको एनादोलुले जानकारी दिएको छ । यो अभियान कोरोनाभाइरसका कारण आर्थिक अवस्था खस्किएका आफ्ना कम आय भएका जनतालाई सहयोग गर्ने उद्देश्यसहित स्थापना गरिएको राष्ट्रपतिले जानकारी दिए । जोन होप्किन्स युनिभर्सिटीको डाटा अुनसार टर्कीमा हाल १० हजार ८ सय २७ व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.