![]()
भारतको मुम्बईमा मंगलबार एक कोरोना संक्रमितको मृत्यु भएको छ । यसका साथै भारतमा कोरोनाका कारण मृत्यु हुनेका संख्या १० पुगेको छ । भारतमा ५ सय ११ जनामा संक्रमण देखिएकोमा ३७ जना निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको संक्रमण रोक्नका लागि भारतका ५ सय ४८ जिल्ला पूर्ण रुपमा लकडाउन गरिएको छ ।


