Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन ४, बाजुरा । यहाँस्थित गौमुल गाउँपालिकाले तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलनलाई खुला गर्ने निर्णय गरेको छ । शनिबार बसेको सो गाउँ पालिकासभाले सो निर्णय गरेको हो । साविकका मानाकोट र दहकोट गाविसमा वन जङ्गलबाट सङ्कलन हुने जडीबुटी प्रतिबन्ध गर्ने निर्णयलाई सभाले उल्टाइदिएको जनाइएको छ । दहकोटको अम्लिस, मल्लोदुगुनलगायतका सामुदायिक तथा राष्ट्रिय वनबाट जडिबुटी सङ्कलन गर्न दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए ।

उनले जडीबुटी सङ्कलन गर्न तीन वर्ष बन्द गरिएको भएता पनि सङ्कलन गर्ने ठेकेदारले राजश्व सङ्कलनमा सहयोग र्पुयाउन गाउँपालिकाको सिफारिस अनिर्वाय लिनुपर्ने व्यवस्था गरिएको बताए । सभाले जथाभाबी रुपमा वनमा जडीबुटी सङ्कलन कार्यलाई रोक लगाएको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् । छैटौँ गाउँसभा तथा हिउँदे अधिवेशनले आर्थिक वर्ष ०७७–०७८ का लागि रु ३७ करोड बजेट प्रस्तावित गरेको छ । ३० वटा नीति तथा नियमावली पारित गरेको गाउँपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको र आन्तरिक आम्दानीबाट कूल ३१ करोड ४५ लाख ९९ हजार ७५७ रुपैयाँ रहेको छ । सङ्घीय सरकारबाट आएको समानीकरण सात करोड १० लाख रुपैयाँ, ससर्त अनुदान १३ करोड २७ लाख २७ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट पाँच करोड २९ लाख ६६ हजार ४१६ रुपैयाँ र विशेष अनुदान दुई करोड ९० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed