Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस २०, काठमाडौं । संसदीय सुनुवाइ समितिमा न्याय परिषद्का लागि सिफारिस भएका लक्ष्मीबहादुर खड्का निरालाविरुद्ध कुनै पनि उजुरी परेन । समितिको आजको बैठकमा निरालाविरुद्धको उजुरीमाथि सुनुवाइ गर्ने तय भए पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेकाले समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । निरालाविरुद्ध उजुरी दिनका लागि समितिले १० दिनको म्याद दिएको थियो । यही पुस ३ गते मन्त्रिपरिषद्को बैठकले निरालालाई परिषद् सदस्यका लागि सिफारिस गरेको थियो । उनको आजै समितिमा सुनुवाइ हुँदैछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed