![]()
काठमाडौँ । संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् ।
त्यसैगरी नेपाली सेनाका होमलाल श्रेष्ठ द्वितीय, सेनाकै हरिकुमार रिमाल तृतीय र सेनाकै खगेन्द्र भाट चौथो भए । पुरुषतर्फ मात्र प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगिताको विजेताले रु ५०, दोस्रोले रु ३०, तेस्रोले रु २० र चांैथोलाई रु १० हजार प्रदान गरियो ।
म्याराथनमा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र नेपाल एपिएफ क्लबका साथै अन्य गरी करीब २५० खेलाडीको सहभागिता थियो । विजेतालाई युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र राखेपका सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरे ।


