Breaking News.... EverestOnlineKhabar
June 27, 2026

आउँदो बिहीबारबाट नेपालले टी २० बिश्वकपको तयारी गर्दै

Loading

काठमाडौं। सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको पहिलो चरणको छनोट प्रतियोगिताका लागि नेपालले बिहीबारबाट तयारी गर्ने भएको छ। नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक जगत टमाटाले खेलाडीहरु बुधबारसम्म काठमाडौंमा उपलब्ध हुने र बिहीबारदेखि तयारी थाल्ने जनाएका छन्।

तयारीमा यसअघि घोषणा गरिएको प्रारम्भिक टिममा परेका खेलाडीलाई बोलाइएको टमाटाले बताए। १० दिन नेपालमा अभ्यास गरेपछि १४ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिने टमाटाले बताए। पहिलो चरणको छनोट प्रतियोगिता मलेसियामा असोज १७ देखि २६ गतेसम्म हुनेछ। नेपाली टिम असोज १५ गते मलेसिया जाने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.