Breaking News.... EverestOnlineKhabar
June 27, 2026

फाष्ट ट्रयाक निर्माण मुलुकको नेतृत्वको परीक्षा हो– उपप्रम पोखरेल

Loading

मकवानपुर ।उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले फाष्ट ट्रयाक विकासको आधारशीला भएकाले सयमसीमाभित्रै पूरा गर्न सम्पूर्ण कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ ।

उक्त द्रुतमार्गको निरीक्षण र कार्यप्रगतिको जानकारीपछि मकवानपुरको लेनडाँडामा आयोजित कार्यक्रममा उहाँले नेपाली सेनाको मात्रै नभएर सिङ्गो मुलुकको नेतृत्वको परीक्षा भएकाले चार वर्षभित्रै आयोजना पूरा गर्ने ढङ्गबाट काम गर्न निर्देशन दिनुभयो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरको उक्त राष्ट्रिय गौरवको आयोजना काठमाडाँै उपत्यकालाई तराईसँग राष्ट्रिय सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको राजमार्ग हो ।

उक्त द्रुतमार्गको प्रारम्भिक लागत अनुमान रु एक खर्ब ११ अर्ब रहने अनुमान गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । उपप्रधानमन्त्री पोखरलेले भन्नुभयो, “समयसीमाभित्रै जिम्मेवारी पूरा गर्न सबै पक्षको पहल र सहयोग आवश्यक रहेको छ, दु्रतमार्ग राष्ट्रिय सङ्कल्प र विकासको जीवनाधार (लाइफलाइन) भएको हुँदा अत्यन्त गम्भीर भई योग्यता र क्षमता देखाएर काम गर्नुस् समयसीमाभित्रै बन्छ, अब ढिलो गर्नहुँदैन ।”

द्रुतमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनका लागि परामर्शदाताको छनोट भइरहेको जनाउँदै नेपाली सेनाले आगामी चार महिनाभित्रमा प्रतिवेदन प्राप्त हुने जानकारी दिएको छ । परामर्शदाताले नौ करोडमा प्रतिवेदन तयार गर्न स्वीकृति पाएको छ । सो रकम यसअघि भारतीय कम्पनीले माग गरेभन्दा ५१ करोड कम हो । सेनाले यसअघिको सडक रेखाङ्कनलाई केही परिवर्तन गरी तीन वटा सुरुङ निर्माणको प्रस्ताव गरेको छ ।

उक्त द्रुतमार्गमा निर्माण हुने करीब १०० वटा पुलको लम्बाइ मात्र जोड्दा पनि नौ किलोमिटर हुने अनुमान छ । सेनाले आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको सहयोग लिएर सडक निर्माण गर्नेछ । निर्माणलाई तीव्रता दिने क्रममा सडकलाई २४ क्षेत्रमा विभाजन गरेर विदेशी तथा स्वदेशी निर्माण व्यवसायीबाट काम गराउने प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.