Breaking News.... EverestOnlineKhabar
September 22, 2026

कांग्रेसमा वारपारको अवस्था: संस्थापन इतर (गगन) समूहद्वारा ६ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न, असोज १५ देखि देउवा समूहले पनि समानान्तर अधिवेशन गर्ने काठमाडौँ, असोज ५

Loading

दुई सभापति, दुई महाधिवेशन: पार्टी गम्भीर संकटमा
नेपाली कांग्रेस अहिले दुईवटा समानान्तर धारमा विभक्त भएको छ। इतर समूहका सभापति गगन कुमार थापाको नेतृत्वमा असोज १६ देखि १९ गतेसम्मका लागि १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालिका तय गरेर वडा तहको चुनावी प्रक्रिया धमाधम अघि बढाइएको छ।
अर्कोतर्फ, यो प्रक्रियालाई पूर्ण रूपमा अस्वीकार गरेको संस्थापन (देउवा) समूहले आगामी असोज १५ गतेदेखि मात्र आफ्नो आधिकारिक वडा अधिवेशन सुरु गर्ने तयारी थालेको छ। देउवा पक्षले आगामी मंसिरमा १५औँ महाधिवेशन गर्ने रणनीति बनाएको छ। पार्टीका दुई शीर्ष नेताहरू आ-आफ्नै अडानमा अडिग रहँदै समानान्तर रूपमा अघि बढेपछि तल्लो तहका आम कार्यकर्ताहरूमा भने तीव्र अन्योल, गुटबन्दी र विभाजनको त्रास छाएको छ।
संस्थापन पक्षको पूर्ण बहिष्कारका बीच इतर समूहले मात्र अघि बढाएको यो अधिवेशन र असोज १५ देखि देउवा समूहले सुरु गर्ने भनिएको अर्को अधिवेशनले कांग्रेसलाई कानुनी र व्यावहारिक रूपमै विभाजनको सँघारमा पुर्‍याउने खतरा बढेको छ।

नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद र आन्तरिक शक्ति सन्तुलनको लडाइँले पार्टीलाई इतिहासकै गम्भीर संकटतर्फ धकेलेको छ। पार्टी संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) को तीव्र असहमति र बहिष्कारका बाबजुद संस्थापन इतर समूहका पार्टी सभापति गगन कुमार थापाको नेतृत्वमा देशव्यापी रूपमा वडा अधिवेशन अगाडि बढाइएको छ। यसै क्रममा हिजो असोज ४ गते आइतबारसम्म देशभरका ६ हजारभन्दा बढी वडामा इतर समूहले निर्वाचन सम्पन्न गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले यो विशेष महाधिवेशनलाई ‘अवैधानिक’ भन्दै कार्यकर्ताहरूलाई सहभागी नलिन सार्वजनिक आह्वान गरिसक्नुभएको छ। यता इतर समूहका सभापति गगन थापाले भने असोजमै महाधिवेशन गर्ने आफ्नो अडानअनुरूप तीव्र गतिमा संगठन परिचालन गरिरहनुभएको छ। दुवै पक्षबीच सहमति नहुँदा संस्थापन (देउवा) समूहले पनि आगामी असोज १५ गतेदेखि आफ्नो छुट्टै समानान्तर वडा अधिवेशन सुरु गर्ने घोषणा गरेपछि कांग्रेसभित्र समानान्तर महाधिवेशनको होडबाजी निश्चित भएको छ।
६ हजार १ सय ३२ वडामा इतर समूहको अधिवेशन सम्पन्न
गगन थापा नेतृत्वको इतर समूह निकट केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो असोज ४ गते दोस्रो दिन पनि देशभर उत्साहपूर्ण रूपमा वडा अधिवेशन अघि बढेको थियो। हिजोसम्म देशभरका ७३ जिल्लाका कुल ६ हजार १३२ वडाहरूमा निर्वाचन प्रक्रिया सम्पन्न गरी वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन गरिएको दाबी गरिएको छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लाहरूमा इतर समूहले आफ्नो शक्ति प्रदर्शन गर्दै संगठनको नेतृत्व चयन गरेको छ।
 यी क्षेत्र र जिल्लामा अधिवेशन जारी
तीव्र तयारीका बीच प्राविधिक तथा आन्तरिक कारणले केही जिल्ला र क्षेत्रहरूमा भने हिजो वडा अधिवेशन सम्पन्न हुन सकेन।
रसुवा, नुवाकोट र धादिङ
सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६
रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २
यी बाँकी रहेका क्षेत्र र वडाहरूमा आज असोज ५ गते सोमबार पनि अधिवेशन प्रक्रिया जारी रहने निर्वाचन समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed