![]()
काठमाडौँ, भदौ २८ ।
नेपालको पछिल्लो राजनीतिक समीकरण र युवा आन्दोलनको पछाडि विदेशी शक्तिको ठुलो हात रहेको दाबीसहित एउटा अन्तर्राष्ट्रिय पोर्टलले सनसनीपूर्ण खुलासा गरेको छ। अन्तर्राष्ट्रिय खोज पत्रकारिता पोर्टल ‘द ग्रेजोन’ (The Grayzone) ले अमेरिकी सरकार समर्थित विभिन्न नियोगका आन्तरिक तथा गोप्य दस्तावेजहरू सार्वजनिक गर्दै नेपालको पछिल्लो राजनीतिक नेतृत्व अमेरिकी रणनीतिक योजना र तालिममार्फत सत्तामा पुगेको गम्भीर दाबी गरेको हो।

विकिलिक्स र पानामा पेपर्सजस्तै लीक भएका अति गोप्य दस्तावेजहरू बाहिर ल्याएर विश्लेषण गर्दै द ग्रेजोनले नेपाली राजनीति, जेनजी (Gen-Z) आन्दोलन र अहिलेको सत्ता समीकरणको पर्दापछाडिको रहस्य उजागर गरिदिएको छ। उक्त प्रतिवेदनले नामै किटेर को-को मान्छे कहाँबाट परिचालित छन्, कसले कति फन्डिङ पायो र नेपालीको दिमाग कसरी भुटियो भन्ने कुरा समेत उल्लेख गरेको छ।

सिभिलियन संस्थाको आवरणमा ‘ओभर्ट अपरेसन’
पत्रकार किट क्लारेनबर्ग र वायट रिडद्वारा तयार पारिएको विस्तृत अनुसन्धान प्रतिवेदन अनुसार, यस खेलमा अमेरिकी संस्था ‘सीईपीपीएस’ (CEPPS) को भूमिका मुख्य देखिएको छ। प्रतिवेदनका अनुसार यो अमेरिकी सरकारले फन्ड गर्ने संस्था हो, जो अमेरिकी खुफिया एजेन्सी सीआईए (CIA) जस्तै बाहिर सिभिलियन संस्था देखिने तर भित्रभित्रै अमेरिकी स्वार्थ पूरा गर्न ‘ओभर्ट अपरेसन’ चलाउने गर्दछ।
आन्दोलनमार्फत सत्ता पल्टाउने तालिम!
यस खेलको पछाडि एनईडी (NED – National Endowment for Democracy) रहेको र यसले भेनेजुएला, निकारागुआ, हाइटीदेखि युक्रेनसम्म अस्थिरता मच्चाउने र सत्ता परिवर्तन गराउने काम गर्दै आएको आरोप प्रतिवेदनमा छ।
त्यस्तै, अर्को संस्था आईआरआई (IRI – International Republican Institute) को काम नै विभिन्न देशमा गएर त्यहाँका युवाहरूलाई भड्काउने र आन्दोलनमार्फत सत्ता कसरी पल्टाउने भनेर तालिम दिने रहेको खुलासा गरिएको छ। नेपालको पछिल्लो ‘जेन-जी आन्दोलन’ र त्यसपछिको राजनीतिक उलटफेरमा पनि यस्तै रणनीतिक तालिम र फन्डिङको प्रयोग भएको प्रतिवेदनको संकेत छ।
यो खुलासाले नेपालको सार्वभौमिकता र आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप कुन हकसम्म पुगेको छ भन्ने कुराको नयाँ बहस छेडिदिएको छ। बाहिर ‘स्वतन्त्र’ र ‘परिवर्तन’ भनिएका आन्दोलनहरू कतै विदेशी एजेन्सीको इसारामा त चलिरहेका छैनन् भन्ने गम्भीर आशंका उब्जिएको छ।