Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

सिन्धुपाल्चोक ।   सिन्धुपाल्चोकमा  श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना नपुग्दै एक महिला गर्भवती भएपछि हल्लीखल्ली मच्चिएको छ । श्रीमतीको पेटमा भने चार महिनाको गर्भ हुर्किदै गएको छ ।

उमेरले ३५ वर्षकी ती महिलाको एक छोरा र चार छोरी समेत छने । सपरिवार  श्रीमतीको जिम्मा लगाएर श्रीमान आफ्ना जहान परिवारलाई सुःख दिनका लागि पैसा कमाउन मलेशिया गएका थिए । जेठी छोरी अहिले कक्षामा ८ मा अध्ययन गर्दैछिन् । सानो छोरा दुई वर्षको मात्र भयो ।

भोटसीपाकी  नीता (नाम परिवर्तन) छिमेकी देवर नाता पर्ने युवकसँगको सम्बन्धका कारण समस्यामा परेकी हुन्  । भाउजुको गर्भ बसेको सुइको पाएसँगै युवक भने हाल फरार छन् ।  महिला न घरमा बस्न सक्ने अवस्था छ न माइतीमा । शक्ति समूहले सञ्चालन गरेको सुधार गृहमा बसिरहेकी छिन् ।

मलेशियमा रहेका श्रीमानले सबै घटना थाहा पाएका छन् । महिलालाई श्रीमानले फोन गरेर आफ्नो घरमा नबस्ने धम्की दिइसकेका छन् ।
छिमेकीले थाहा पाएपछि युवकको जिम्मा लगाउन खोजे पनि उनी फरार रहेकाले घटना प्रहरी कार्यालयसम्म आइपुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.