Breaking News.... EverestOnlineKhabar
June 27, 2026

श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको समुह चरणबाटै ‘आउट’

Loading

एजेन्सी । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा हिजो भएको खेलमा अफ्गानिस्तानले श्रीलंकालाई ९१ रनले हराएको हो ।

अबुधाबीको स्लो पिचमा पहिले व्याटिङ गरेको अफ्गानिस्तानले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ४९ रन बनायो । अफ्गानिस्तानका लागि रहमत शाहले ७२ रन बनाउँदा ईन्सानुल्लाह जनतले ४५ रनको योगदान दिए ।

जवाफमा २ सय ५० रनको मध्यम चुनौती पछ्याएको श्रीलंकाले ४१ ओभर २ बलमा अलआउट हुनुपूर्व १ सय ५८ रन मात्रै जोड्न सक्यो । श्रीलंकाको लागि उपुल थरंगाले ३६ रन तथा थिसारा परेराले २८ रन जोडे । श्रीलंकाली टोलीलाई सस्तैमा समेट्न अफ्गानिस्तानका नाबीर रसिद, गुल्बदीन र मजिबले २–२ विकेट लिए ।

लगातार दोस्रो हारसँगै उपाधि दावेदार मानिएको श्रीलंका एसिया कपको समुह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । श्रीलंकाको समुहबाट बंगलादेश र अफ्गानिस्तान सुपर फोरमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.