Breaking News.... EverestOnlineKhabar
June 4, 2026

निस्वस्त्र पारी कुटने दुई महिलालाई ६ महिना कैद, जनही २५/२५ हजार जरिवाना

Loading

एजेन्सी ।  ‘निवस्त्र’ पारेर सार्वजनिक स्थलमा एक महिलामाथि निर्घात कुटपिट गर्ने दुई महिलालाई ६ महिना कैद हुने भएको छ । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुनलाई दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी (जेठानी दिदी बहिनी) ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ताले जग्गा बेच्दिन भन्दा ‘निवस्त्र’ पारेर सार्वजनिक रूपमै निर्घात कुटपिट गरेका थिए ।

जेठ २५ गते दिउँसो दिलमाया पुन भालुवाङस्थित आफ्नो जग्गा (घडेरी) हेर्न आएको समयमा बलजफती घडेरी बेच्न भन्दै गुप्ताका जेठानी दिदी बहिनीले ‘निवस्त्र’ पारेर अमानवीय तरिकाले सार्वजनिक रूपमै कुटपिट गरेका थिए ।

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले ‘निवस्त्र’ पारेर एउटी महिलालाई सार्वजनिक रूपमा कुटपिट गर्ने गुप्ताद्वयलाई ६ महिना कैद, जनही २५/२५ हजार जरिवाना र ७ हजार ८ सय २० रुपैयाँ उपचार खर्च भराउने निर्णय गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed