Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

एजेन्सी । संजय दत्तको बायोपिक ‘संजु’ मा एक डायलगका कारण रणबीर कपुर र अनुष्का शर्माविरुद्ध महिला आयोगमा आरोप पत्र दर्ता गरिएको छ । उजुरीकर्ताका अनुसार फिल्ममा रणबीर–अनुष्काले एक दृश्यमा यौनकर्मीका लागि अपमानजनक शब्दको प्रयोग गरेका छन् ।

संजुको ट्रेलरको एक सीनमा अनुष्काले रणबीरलाई सोध्छिन्, ‘तिमीले आफ्नी श्रीमतीबाहेक अरु कतिजनासँग सुतेका छौ ? यसमा रणबीर भन्छन् प्रोस्टिच्युट (यौनकर्मी) लाई नगन्ने हो भने तीन सय आठसम्म याद छ । सुरक्षाका लागि तीन सय पचास लेख ।’ यसका साथै उजुरीमा विक्की कौशलको अर्को डाइलगमाथि पनि आपत्ति जनाइएको छ ।

संजुमा रणबीर संजय दत्तको भूमिकामा छन् । परेश रावल सुनिल दत्त र मनिषा कोइराला आमा नरगिसको भूमिकामा छन् । फिल्ममा अनुष्का शर्माले संजयको अटोबायोग्राफी लेख्ने लेखिकाको भूमिका निभाएकी छिन् । यस्तै, सोनम कपुर संजयकी प्रेमिकाको भूमिकामा देखिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed