Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अमेरिकी रक्षा मन्त्रीको एकसाथ दक्षिण कोरिया, चीन र जापानको भ्रमण, दिल खोलेर गरे किमको प्रशंसा

Loading

बीबीसी । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सोल पुगेका छन् । उनी सोलबाट सिधै जापानको टोकियो पुग्नेछन ।

उनले दक्षिण कोरियामा रहँदा आफ्ना समकक्षीका साथै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ता गर्नेछन् । संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको भेटवार्तापछि उनी पहिलोपटक यी दुई देशको भ्रमणका लागि नस्किएका हुन् ।

दक्षिण कोरिया र जापान अमेरिकाका एसियाली साझेदार हुन् । यी दुई देशले अमेरिकासँग निकै नजिकको सम्बन्ध राखेर काम गर्ने गरेका छन् । उता दक्षिण कोरिया र जापान उत्तर कोरियाका पनि छिमेकी हुन् । यी देश उत्तर कोरियाले आणविक परीक्षण गर्दा बढी र प्रत्यक्ष प्रभावित हुने देशमा पर्दछन् ।

उनी यसअघि चीनको भ्रमणमा गएका थिए । चीनको दुई दिने भ्रमण सकेर बिहीबारै रक्षामन्त्री म्याटिस दक्षिण कोरियाको राजधानी सोल अवतरण गरेका हुन्। उनी चीनमा रहँदा उत्तर कोरियाली नेता किमको निकै प्रसंशा गरेका थिए । उनले उत्तर कोरियाली नेता किम जोङ उनलाई एक प्रतिभाशाली व्यक्ति भनेका थिए ।

रक्षामन्त्री म्याटिसले कोरिया र जापानका उच्च अधिकारीहरुसँग सिङ्गापुर वार्ता, त्यसपछिको कोरियाको प्रायद्वीपको अवस्थाका बारेमा छलफल गर्नेछन् । त्यसैगरी उनले उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणको लागि गरेका प्रयासहरुको बारेमा जानकारी गराउँदै उत्तर कोरियालाई निशस्त्रीकरणका लागि तयार गर्नुअघि उसले के गर्छ भन्ने बारेमा चनाखो रहन पनि छिमेकीहरुलाई आग्रह गर्ने बुझिएको छ ।

भ्रमणका एजेण्डाहरु के हुन् भन्ने बारेमा भने अमेरिका, चीन, दक्षिण कोरिया तथा जापानको तर्फबाट पनि औपचारिक रुपमा भने केही सार्वजनिक भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed