Breaking News.... EverestOnlineKhabar
June 24, 2026

बामगठवन्धन राष्ट्र र लोकतन्त्रको बिरुद्धमा भएको कांग्रेसको निष्कर्ष, अब कम्युनिष्टलाई हटाउने उद्घोष

Loading

काश्की । नेपाली काँग्रेसका शीर्ष नेताले वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा भएको निष्कर्षसहित अब मुलुकबाट कम्युनिष्टलाई बढानुपर्ने बताएका छन ।

नेपाली काँग्रेस कास्कीको आयोजनामा पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरुले वाम गठबन्धन एक दलीय निरंकुश कम्युनिष्ट शासन तथा सर्वसत्तावाद कायम गराउने लक्ष्यका साथ स्थापना भएको आरोप लगाए ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने प्रयासको थालनीस्वरुप बामगठवन्धन बनेको दावी गर्दै राणा र राजाहरुलाई जस्तै अब कम्युनिष्टलाई पराजित गर्नुपर्ने धारणा राख्नुभयो ।

लोकतन्त्रको रक्षा केवल काँग्रेसले मात्र गर्नसक्ने कुरा नेपाली जनताले बुझेको बताउँदै प्रधानमन्त्री देउवाले अहिलेको निर्वाचन लोकतन्त्रको संरक्षण, विकासवादी सोच र अधिनायकवादी सर्वसत्तावादी सोच बीचको भएको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न संघ र प्रदेशको निर्वाचन लोकतन्त्र जोगाउने की अधिनायकवादतर्फ फर्कने बीचको सिद्धान्तको लडाइँ भएको धारणा राख्नुभयो ।

महामन्त्री डा. शशांक कोइरालाले मुलुकजति समृद्धितर्पm अघि बढ्छ वामपन्थीको शक्ति त्यति घट्दै जाने तर्क गर्नुभयो ।
उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले कम्युनिष्ट गठबन्धनमार्फत मुलुकलाई अधिनायकवादतर्पm लान खोजिएको आरोप लगाउँदै कांधमाकाँध मिलाएर सबै प्रजातन्त्रवादी शक्ति हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed