![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले गोरखा जिल्लाको विकास बाबुराम भट्टराईले नभइ माओवादीले गरेको दावी गर्नुभएको छ ।
गोरखा काठमाडौं सम्पर्क मञ्च को भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले गोरखाको विकास डा. बाबुराम भट्टराईले व्यक्तिगत रुपमा नभई माओवादीले गरेको बताउनुभयो । ‘व्यक्तिगत रुपमा उहाँले गरेको भए त माओवादी छाडेपछि विकासको खोला बगाउनु पर्ने हो । तर, भएन ।’ श्रेष्ठले भन्नुभयो ।
नेता श्रेष्ठले गोरखामा हुनु पर्ने जति विकास नभएकाले अब यहाँको चौतर्फी विकासका लागि माओवादी नै चाहिने दाबी गर्नुभयो । विकासका लागि सरकार चाहिने र सरकार बनाउन माओवादी जस्तो पार्टी चाहिने भन्दै उहाँले बाबुराम जस्तो हल्लिएर विकास सम्भव नहुने उहाँले बताउनुभयो ।
नेता श्रेष्ठले चुनावपछि वामपन्थीहरुको अत्यधिक बहुमतसहितको सरकार बन्ने दावी समेत गर्नुभयो ।


