Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक भदौ १७ गते बीरगंजमा बस्ने भएको छ । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारी र रणनीति बनाउन बैठक बस्न लागेको हो ।

भदौ ११ गते माओवादी केन्द्रले ‘हेडक्वाटर’ बिघटन गरेपछि ९९ सदस्यीय सचिवालयलाई कार्यकारी बनाएको थियो । जम्मो केन्द्रीय समिति, पोलिटव्यूरो र सचिवालयबा कुनै पनि निर्णय लिन कठिन भएको भन्दै पहिला ‘हेडक्वाटर’ नाम दिएको केन्द्रीय कार्यलय समिति बनाइएको थियो । तर, एकता प्रक्रियामा आएका सवैलाई यसमा समेटन नसकिने भएपछि माओवादीले केन्द्रीय सचिवालयलाई कार्यकारी अधिकार दिएको हो ।

केन्द्रीय सचिवालयले कार्यकारी अधिकार पाएपछि पहिलो पटक बैठक बस्न लागेको हो । वैठकमा दुई नम्वर प्रदशेको स्थानीय तहको चुनावका साथै प्रदेश र संघीय चुनावी तयारीका विषयमा छलफल हुनेछ ।

माओवादीले दुई नम्वर प्रदेशको स्थानीय चुनावमा आफुलाई पहिलो पार्टी बनाउने दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed