![]()
काठमाडौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले झोलामा खोला बोकेर हिंडनेहरुले अवको ३५ दिनभित्र काम सुरु नगरे लाइसेन्स रद्द गर्ने चेतावनी दिनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री शाहीले बिद्यूत उत्पादनका लागि लाइसेन्स लिने तर काम नगर्नेहरुसंगको सम्झौता रद्द गर्ने चेतावनी दिनुभएको हो ।
जल माफियाहरुले विद्युतको नाममा धेरै कमाएको उल्लेख गर्दै अबको ३५ दिनभित्र जिम्मा लिएका परियोजनाहरु यथाशिघ सुचारु नगरे सिधै सम्झौता रद्द हुने बताउनु भएको हो ।
आफूले जिम्मेवार कम्पनीहरुलाई प्रत्येक महिनाको कार्यप्रगतिका बारेमा सरकारलाई जानकारी गराउन निर्देशन दिइएको समेत बताउनुभयो ।
मन्त्री शाहीले १० दिनभित्र विद्युत महसुल वक्यौता नतिर्नेहरुलाई पनि कारवाही गर्ने चेतावनी दिनुभयो । १० दिनभित्र विद्युत महसुल बक्यौता नतिरे राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्रीका क्वार्टर र कार्यालयहरुसहित कसैलाई पनि नछाडने उहाँले बताउनुभयो ।


