Breaking News.... EverestOnlineKhabar
April 19, 2026

जापानी आकाशहुँदै प्रहार गरेको क्षेप्यास्त्र ‘सैन्य कारवाहीको पहिलो कदम’ भएको उत्तर कोरियाको प्रतिक्रिया

Loading

बिबिसि । उत्तर कोरियाले जापानी भूभाग हुँदै प्रहार गरेको क्षेप्यास्त्र प्रशान्त क्षेत्रमा उसको सैन्य कारबाहीको ‘पहिलो कदम ’ भएको प्रतिक्रिया दिएको छ । यासबाट उत्तर कोरियाले अरु क्षेप्यास्त्र प्रहार गर्ने योजनामा रहेको संकेत मिलेको छ । राज्य सञ्चालित मिडियाले प्रशान्त क्षेत्रमा रहेको अमेरिकी गुआम क्षेत्रमा आक्रमणको धम्की पुनः दोहर्याएको छ ।

मंगलबार प्रहार गरिएको क्षेप्यास्त्र जापानको होकाइडो टापुमाथि हुँदै समुद्रमा खसेको थियो । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालीन बैठकले उत्तर कोरियाले जापानमाथिबाट जाने गरि फ्याँकेको क्षेप्यास्त्रको भत्र्सना गरेको छ । उत्तर कोरियाबिरुद्ध कडा निर्णय गर्ने भनिएपनि सुरक्षा परिषद बैठकले कुनै निर्णय भने गर्न सकेन ।

सुरक्षा परिषदले प्योङयाङलाई थप क्षेप्यास्त्र प्रहार नगर्न र उसको आणविक हतियार कार्यक्रम रोक्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed