Breaking News.... EverestOnlineKhabar
April 19, 2026

प्रधानमन्त्रीले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आज बुझदै

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन बुझदै हुनुहुन्छ । साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पूर्वन्यायाधीश कमल नारायण दासको नेतृत्वमा गत साउन पाँच गते सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । प्रदेश र संघीय संसदको निर्वाचन क्षेत्र निर्धारण गर्न गठित आयोगको सदस्यहरुमा माधव अधिकारी, विश्वकल्याण पराजुली र गणेशराज कार्की छन् । सदस्य सचिवमा वेगेन्द्रराज शर्मा पौडेल छन् ।

आयोगलाई काम सुरु गरेको मितिदेखि २१ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो । तर, तोकिएको समयमा काम नसकिएपछि १५ दिन म्याद थपिएको थियो । थपिएको म्याद सकिने दिनमै आयोगले प्रतिवेदन बुझाउन लागेको हो ।

आयोगले साविकका २ सय ४० वटा निर्वाचन क्षेत्रलाई संविधानअनुसार १ सय ६५ वटा कायम गर्ने जिम्मेवारी पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed