![]()
पर्सा । बीरगंजका स्वास्थ्यकर्मी सुरक्षाको माग आन्दोलित भएका छन । जिल्लामा दुइ महिनाको अवधिमा दुइ चिकित्सक कुटिएपछि उनीहरुको सुरक्षा माग गर्दै आन्दोलित भएका हुन ।
एक महिना अघि नारायणी उपक्षेत्रीय अस्पतालका डा. चाँदनी पाण्डेलगायत नर्समाथि वीरगञ्ज छपकैयाको एउटा परिवारले कुटपिट गरेको थियो । फेरि, गत शनिबार वीरगञ्जको एडभान्स मेडिकेयर अस्पतालका बालरोग विशेषज्ञ डा. सन्जय अग्रवालमाथि पनि कुटपिट भयो । राम्रो उपचार नगरेको भन्दै अग्रवालमाथि कुटपिट भएको थियो । यी दुइवटा मुद्दालाई उठाएर चिकित्सक आन्दोलनका उत्रेका हुन ।
स्वास्थ्यकर्मीले आज बुधवार वीरगञ्जका सबै अस्पतालमा सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघ नारायणी वीरगंजले विज्ञप्ती जारी गरी संघका कोषाध्यक्षसमेत रहेका डा. अग्रवालमाथि भएको कुटपिटमा संलग्न दोषीलाई कारवाही गर्नेतर्फ स्थानीय प्रहरी प्रशासनले तदारूकता नदेखाएका कारण आन्दोलनमा जान बाध्य भएको जनाएको छ ।
स्वास्थ्यकर्मीको आन्दोलनका कारण विरामी भने मारमा परेका छन् ।


