Breaking News.... EverestOnlineKhabar
June 19, 2026

नयाँ शक्ति नेपाल पनि संसदमा प्रवेश

Loading

काठमाडौ,१३ भदौ ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पनि संसदमा दर्ता भएको छ। थरुहट तराई पार्टी लोकतान्त्रिकसँग एकता गरेपछि नयाँ शक्ति संसदमा विधिवत् रूपमा प्रवेश गरेको हो।
नयाँ शक्तिको संसदीय दलको नेता भने गंगा चौधरी भएकी छिन्। निर्वाचन आयोगले थरुहट पार्टी र नयाँ शक्ति एकताको भएको पत्र संसद सचिवालयमा पठाएपछि विधिवत् रूपमै संसदले नयाँ शक्तिलाई मान्यता दिएको हो।
संसदमा प्रवेश गरेसँगै बाबुराम भट्टराईको पार्टीले आगामी निर्वाचनमा निर्वाचन चिन्ह मतपत्रमा माथिल्लो सूचीमा राख्न पाउनेछ।
संसदमा रहेका दलहरूको निर्वाचन चिन्ह हैसियत अनुसार उपलब्ध माथिल्लो तहमा मतपत्रमा रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed