![]()
वीरगञ्ज,१३ भदौ ।
निर्वाचन आयोगले आगामी असोज २ गते स्थानीय तहको चुनाव हुने प्रदेश नम्बर २ का सबै नगर र गाउँपालिकामा खोल्न सुरु भएको जनाएको छ । १३६ वटै स्थानीय तहमा आज निर्वाचन कार्यालय स्थापना गरिने निर्वाचन आयोगले जनाएको छ ।
सबै जिल्ला सदरमुकाममा गत ७ गते नै मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । २ नम्बर प्रदेशमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५८ वटा गाउँपालिका छन् । यसमध्ये ९ वटा स्थानीय तह पछि थपिएको र ती तहमा मतदाताको नाम र ठेगाना सच्याउने काम भैरहेको आयोगले जनाएको छ ।
आयोगले मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री यसअघि नै जिल्लामा पठाइसकेको र यही १५ गतेदेखि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ ।
राजनीतिक दलहरुले पनि उम्मेदवार छनौटदेखि प्रचार अभियानमा जुटेका छन् ।


