Breaking News.... EverestOnlineKhabar
June 19, 2026

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनःकांग्रेसले ८० प्रतिशत उम्मेदवार टुंगो लगायो

Loading

काठमाडौ,१३ भदौ ।
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर दुईमा ८० प्रतिशत उम्मेदवारको टुंगो लगाएको जनाएको छ । उम्मेदवारको नाम सर्वसम्मतीमा टुंगो लगाउने प्रयासमा केन्द्रीय कार्यालय सानेपामा केही दिनदेखि लगातार चलिरहेको छलफलले ८० प्रतिशत उम्मेदवारको नाममा सहमति जुटाएको जनाइएको छ ।
केही दिनदेखि पार्टी कार्यालय सानेपामा प्रदेश नम्बर दुईका सांसद, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुको संयुक्त बैठक बसिरहेको छ । प्रदेश नम्बर २ का सिरहा, सप्तरी, सर्लाही र महोत्तरी,धनुषा, बारा, पर्सा र रौतहट जिल्लाको छलफल सकेपछि उम्मेदवारीको अन्तिम निर्णय गरिने स्रोतले जनाएको छ ।
संविधान संशोधन विधेयक संसदबाट पास गराउने विषय र तराईका जिल्लामा आएको बाढी र डुबान समस्याले केही ढिलाई भएको भन्दै कांग्रेसले भदौ दोस्रो साताभित्र सबै उम्मेदवारको नाम टुंगो लगाउने बताएको थियो । स्थानीय तहको तेस्रो चरण अन्र्तगत प्रदेश नम्बर २ मा आगामी असोज २ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed