Breaking News.... EverestOnlineKhabar
June 19, 2026

मन्त्री र प्राधिकरणका उच्च अधिकारी कुलमानलाई हटाउने खेलमा……

Loading

काठमाडौ,१३ भदौ ।
दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवही कमाएका नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् । गर्त बर्षको भदौं २९ गते चार बर्षका लागि नियुक्त घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउन लागिएको श्रोतले जनाएको छ । लोडसेडिङ सधैंका लागि अन्त्य गरी‘ उज्यालो नेपाल बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानबिन गर्न आयोगमा निवेदन दिएको खुलासा भएको छ ।
घिसिङ,राजिव शर्मा,प्रबल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ५ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार श्रोतको भनाई छ । प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण तथा पारिपारिक सम्पत्ति विवरण फारम (१३ पाने) भर्न तल्लीन छन् । घिसिङलाई हटाउने अन्य उपाय नभएपछि उर्जामन्त्री महेन्द्रबहादुर शाहीले अख्तियारलाई गुहारेका हुन ।
उर्जामन्त्री शाहीले प्राधिकरणका उच्च कर्मचारी सम्पत्ति विवरण भर्न तल्लीन रहेकाले काममा प्रभाव परेको बताउदैं आएका छन् । एक अधिकारीले भनेः‘सम्पत्ति विवरण भर्नुपर्ने कारणले प्राधिकरणका केही कर्मचारी बिदामा छन्,यसले काममा असर परेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed