Breaking News.... EverestOnlineKhabar
June 19, 2026

नेपाल र बंगलादेशबीच मैत्रिपूर्ण भलिबल आज

Loading

काठमाडौ,१३ भदौ ।
नेपालको राष्ट्रिय भलिबल टोलीले आज बंगलादेशसँग मैत्रिपुर्ण खेल खेल्दैछ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा हुने खेलका लागि दुबै टोली तयार छन् । नेपाली टोलीलाई नेदरल्याण्ड्सका प्रशिक्षकको सहयोगमा प्रशिक्षण दिईएको छ ।
तीन हप्ताको प्रशिक्षणको दौरान नेपालको यो दोस्रो अन्तर्राष्ट्रिय अभ्यास खेल हो । यसअघि गत शनिवार मात्रै डेनमार्कको ए डिभिजन टोली मिलवोभालाई पराजित गरेको नेपालले आज र भोलि बंगलादेशसँग दुईवटा खेल खेल्न लागेको हो । यो खेल नेपालका लागि स्तर उकास्ने अवसरका रुपमा रहेको छ ।
यसअघि दोस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा यी दुई राष्ट्र आमने सामने हुँदा बंगलादेशले नेपाललाई हराएको थियो । यसपटक घरेलु कोर्टमा नेपाल उक्त हारको बदला लिने अभियानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed