Breaking News.... EverestOnlineKhabar
June 19, 2026

लेखा समिति सभापति जंगिए, भन्छन–‘नेताहरुकै संरक्षणमा भ्रष्टाचार ’

Loading

रूपन्देही । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले मुलुकलाई भ्रष्टाचार बढनुमा नेताहरु नै दोषी रहेको बताउनु भएको छ ।

रूपन्देहीको बुटवलमा आयोजित एक साक्षात्कारमा सभापति उपाध्यायले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न राजनीतिक नेतृत्व नै सच्चिनुपर्ने बताउनुभयो ।

सभापति उपाध्यायले यो कुरा त्यत्तिकै भन्नु भएको होइन । लामो समयसम्म बिभिन्न राष्ट्रिय मुद्दामा समितिले गरेको अनुसन्धानलाइ टुंगोमा पुर्याउन नसकेपछि उहाँको दिक्दारी पोखिएको हो । केही दिनअघि मात्र पनि सभापति उपाध्यायले आफनो फेसबुकमा भ्रष्टाचारीलाई तह लगाउन नसकिने कस्तो देशमा जन्मिएछ भन्ने निराशाजनक स्ट्याटस राख्नु भएको थियो ।

सभापति उपाध्यायले सानादेखि ठूला विकास आयोजनामा कुनै न कुनै किसिमले राजनीतिक दलका शीर्ष नेतृत्व नै संलग्न हुने गरेको आरोप लगाउनुभयो ।

उपाध्यायले राजनीतिक तथा कर्मचारी संयन्त्रको पुरानो नेतृत्व विस्थापन नगरेसम्म भ्रष्टाचार नियन्त्रण हुन नसक्ने दावी समेत गर्नुभयो । नेपालमा नीतिगत रुपमै भ्रष्टाचार हुने गरेको उल्लेख गर्दै सभापति उपाध्यायले भ्रष्ट कर्मचारी र राजनीतिक नेतृत्वको मिलेमतोमा बजेट निर्माण, योजना छनोट, ठेकेदार छनोट हुँदै विकास निर्माणमा भ्रष्टाचार हुने गरेको बताउनुभयो ।

एनसेलको राजश्व छुट, आयल निगम जग्गा खरिद प्रकरणमा पनि राजनीतिक नेतृत्वको संलग्नता र संरक्षण रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed