Breaking News.... EverestOnlineKhabar
May 12, 2026

पूर्व तथा मध्य तराईका नदीमा बाढीको खतरा…..

Loading

झापा,२६ साउन ।
पूर्वको झापाबाट मध्य तराईको बारासम्मका नदीमा बिहीबार बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बिहीबार पूर्व र मध्य क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले तराईमा डुबान तथा पहाडमा पहिरोको जोखिम बढेको भन्दै सावधानी अपनाउन शाखाले आग्रह गरेको हो ।
कन्काई, कमला, बाग्मती, खाडो, रातु लगायत चुरेबाट बहने साना नदीमा बाढी आउने भन्दै नदी तटिय क्षेत्रका बासिन्दालाई शुक्रबार बिहानैसम्मै सतर्क रहन शाखाले अनुरोध गरेको छ ।
मनसुनी न्यूनचापिय क्षेत्र नेपाल नजिकै भएको तथा भारतको मध्यप्रदेशमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले बिहीबार झरी पर्ने मौसमविद वरुण पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.