Breaking News.... EverestOnlineKhabar
May 11, 2026

मध्य र सुदूरपश्चिमका केही जिल्लामा विद्युत सेवा अबरुद्ध

Loading

डोटी,२६ साउन ।
नेपाल विद्युत प्राधिकरणको अत्तरीया–दिपायल जोड्ने हाईटेन्सनको लाइनमा खराबी आउँदा बिहीबार बिहानदेखि मध्य तथा सुदूरपश्चिमका केही जिल्लमा विद्युत सेवा अवरुद्ध भएको छ । डोटीको दिपायलमा रहेको डोटी साना जलविद्युत केन्द्रले दिएको जानकारी अनुसार लगातारको वर्षाका कारण पहाडी जिल्ला जोड्ने हाईटेन्सन लाइनमा खराबी आउँदा विद्युत सेवा अवरुद्ध भएको हो ।
खराबी आएको हाईटेन्सन लाइन मर्मतका लागि कर्मचारी खटिए पनि लगातारको वर्षाले काम गर्न कठिनाई भएको डोटी साना जलविद्युत केन्द्रका प्रमुख ललितनारायण चौधरीले बताए । विद्युत सेवा अबरुद्ध हुँदा डडेल्धुरा, कैलालीको सहजपुर तथा खानीडाँडा, अछाम,बझाङ, बैतडी तथा डोटीका बासिन्दा मर्कामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.