Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाडौ,२३ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ७ देखि १२ गतेसम्म भारत भ्रमण गर्ने भएका छन्। पाँचदिने भ्रमण क्रममा उनी नयाँदिल्ली, हैदराबाद र पटना सहर पुग्ने कार्यक्रम छ। भ्रमणमा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्धिपक्षिय वार्ता गर्नेछन्। उनले भारतीय राष्ट्रपतिसँग पनि शिष्टाचार भेट गर्नेछन्।
परराष्ट्रमन्त्रालयका एक उच्च अधिकारीले भनेः‘प्रधानमन्त्रीज्यूको भारत भ्रमण मिति तय भएको छ। हालसम्म तय भएअनुसार उहाँले भदौ ७ देखि १२ गतेसम्म भारत भ्रमण गर्नुहुनेछ ।’
परराष्ट्र स्रोतका अनुसार भ्रमणमा नयाँ सन्धिसम्झौताभन्दा पनि हालसम्म नेपाल र भारतबीच भएका विकाससम्बन्धी सहमति तथा सम्झौता कार्यान्वयनमा जोड दिइने छ। भ्रमणमा प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुका साथै भारतीय उद्योगी तथा व्यापारीसँग पनि कुराकानी गर्ने जनाइएको छ।
नेपालमा अहिले स्मार्ट सिटीको अवधारणा आइरहेकाले भारतको स्मार्ट सिटीबारे जानकारी लिन प्रधानमन्त्री देउवा हैदराबाद जान लागेको स्रोतले बतायो। पटना नेपालसँग सीमा जोडिएको राज्य बिहारको राजधानी भएकाले त्यहाँ प्रधानमन्त्री देउवाले दुई देशको सीमामा हुने समस्याबारे पनि जानकारी लिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.