![]()
काठमाडौ,२३ साउन ।
प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न सक्ने वातावरण बनाउन सरकारसंग आग्रह गरेको छ । एमाले स्थायी कमिटीको आइतबार बसेको बैठकले जनसंख्या, भौगोलिक अनुकूलता र विशिष्टता सन्तुलित रुपमा प्रतिविम्वित हुने गरी काम गर्न आयोगलाई आग्रह गरेको छ ।
आयोगले कुनै पनि प्रकारको दबाबमा नपरी नेपालको संविधानको व्यवस्था, मर्म र भावना अनुरुप स्वतन्त्र रुपमा काम गर्नु पर्नेमा एमालेले जोड दिएको छ ।
यस्तै एमाले बैठकले विभिन्न जिल्लाको समन्वय समितिको निर्वाचनका लगि उम्मेदवार छनोट गरेको छ । धनकुटाको जिजस प्रमुखमा टंकबहादुर चौहान र उपप्रमुखमा वंगलाकुमारी राई , मोरङको प्रमुखमा नरेश पोखरेल र गुल्मी जिससको प्रमुखमा लक्ष्मण पराजुली तथा उपप्रमुखमा तुलसा श्रेष्ठलाई उम्मेदवार बनाउने एमाले निर्णय छ ।
यस्तै प्रदेश ५ संगठन कमिटीको सदस्यमा गिरिराज के.सी, दाङ र कृष्ण पोखरेल, रुपन्देहीलाई मनोनयन गरिएको महासचिव ईश्वर पोखरेलले विज्ञप्तिमार्फत जनाएका छन् ।


