![]()
काठमाडौं । अहिले प्रायः सबै दल अशोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन । प्रमुख दलका प्रायः सबै केन्द्रीय नेताहरु चुनावी प्रचार अभियानका लागि तराईं झरिसकेका छन । सरकारको समेत नेतृत्व गरिरहेको नेपाली कांग्रेस पनि प्रदेश २ को चुनावका लागि तीव्र रुपमा लागेको छ ।
प्रदेश नम्बर २ लाइ आफनो भोट बैंक भन्दै कांग्रेसले यसलाइ प्रतिष्ठाको विषय बनाएको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेको तुलनामा कमजोर भएपछि कांग्रेसले अब तेस्रो चरणको निर्वाचनमार्फत पहिलो दल बन्ने लक्ष्य लिएको छ । यसका लागि आन्तरिक तयारीलाइ निकै बलियो बनाएको कांग्रेस चयनको गृहकार्यमा जुटेको छ । कांग्रेसले दुई नम्बर प्रदेशमा स्थानीय नेताहरुको सुझावमा उम्मेदवार चयन गर्ने भएको छ । यसका लागि कांग्रेसले जनकपुरबाट कार्यकर्ताको सुझाव लिन सुरु गरिसकेको छ ।
कांग्रेसले जनकपुरमा दुई नम्बर प्रदेशका सबै नेता कार्यकर्तासहितको भेला पनि सम्पन्न गरेको छ । स्थानीय महेन्द्रनारायण निधि सांस्कृतिक भवनमा आयोजित भेलामा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रदीप गिरी लगायत सहभागी हुनुहुन्थ्यो ।
कांग्रेसले जिल्लाका अगुवा नेता कार्यकर्ताको सुझाव अनुसार उम्मेदवार छनोट गर्ने छ । केही दिनमै उम्मेदवारको नामावली सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।


