Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नेपाल पर्वतारोहण संघ (एनएमए)मा चुनावी रडाको

Loading

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)मा चुनावी रँडाको मच्चिएको छ । जिम्बाजाङबु शेर्पा प्यानल र सन्तबीर लामा प्यानलबीच हुन लागेको चुनावको मुखमा आइपुग्दा विभिन्न खालका प्रचारबाजीहरु भइरहेका छन् । अत्यन्तै महत्वकांक्षीय योजनासहितको प्रतिबद्धता मात्रै होइन एकले अर्कालाई खुईल्याउने अनेक शब्दवाणसमेत भइरहेको छ ।

यत्तिसम्म कि एक पक्षले अर्को पक्षलाई पीक खोस्ने समूह भनेर ट्याग भिढाईदिनेसम्मको काम भएको छ यहाँ । त्यत्तिमात्रै कहाँ हो र आफ्नो पक्ष सबैभन्दा समावेशी र सक्षम भनेर सामाजिक सञ्जाल अनि आआफ्ना पोल्टाका मिडियाहरुमा व्यापक प्रचार भइरहेको छ । चुनावको नाउँमा तडक भडक सुरु भइसकेको छ ।

लामाले जित्ने आधार के हुन् ?
एनएमएको निर्वाचनमा कुन समूह बलियो छ ? यो सबैको जिज्ञासाको विषय हो । हामीले गरेको एक सर्वेक्षणको आधारमा जिम्बाजाम्बु शेर्पाको भन्दा सन्तवीर लामाको राम्रो माहोल देखिएको छ ।

किनकि लामाले जित्ने आधार भनेको माओवादी र एमालेको सहमति हुनु पहिलो कुरा हो । राजनीतिक आधारमा समूह बलियो भयो भने जित सुनिश्चित छ । त्यस्तै अर्को आधार भनेको तामाङ आरोही र पर्यटन व्यवसायीहरुको पूर्ण रुपमा समर्थन छ ।

यतिबेला लामाको टिमलाई समर्थन गर्न माओवादी र एमालेका शेर्पा व्यवसायी तथा आरोहीहरु मरेर लागिपरेका छन् । हिमाल चढाउने ठूला कम्पनीहरुको पनि पूर्ण रुपमा समर्थन रहेको बुझिएको छ ।

यस्तै पिक खोस्दा शान्तवीरले लडेको मुद्दाले पनि लामा समूहलाई एक किसिमबाट सपोर्ट मिलेको बुझिन्छ । गुरुङभित्र पनि लामाको टिमलाई एमाले माओवादीको भोट धेरै नै छ ।

जिम्बाले जित्ने आधार के हुन् ?

यता अध्यक्षका उम्मेद्वार जिम्बाजाम्बु शेर्पालाई नेवार र शेर्पाको भोट सबै खस्यो भने उनको पनि जित सुनिश्चित देखिन्छ ।

त्यति मात्र होइन् जिम्बाको टिमलाई कांग्रेस–नयाँ शक्ति गठबन्धनले समेत सपोर्ट गरेको छ । उता लामालाई एमाले–माओवादी गठबन्धनले सपोर्ट गरेको भनिए पनि यता पनि जिम्बालाई माओवादीले सपोर्ट गरेको छ ।

जिम्बालाई शेर्पा र नेवारले धोका नदिइएको खण्डमा उनको पनि जित सुनिश्चित देखिन्छ ।

जिम्बाको समूहमा भोट बैंक भएको ५ जना आरोही तथा व्यवसायीहरु छन् भने लामाको समूहमा १५ जना भन्दा बढि छन् ।

एनएमए निर्वाचनमा कुन समूह बलियो ?
हामीले गरेको एक सर्वेक्षणले यस्तो नतिजा निकालेको छ । 
एनएमएको जम्मा भोट : १०३९
शेर्पा : ३५९
तामाङ : १२३
गुरुङ : ६५
भोटे : १६
नेवार : ८९
बाहुन/क्षेत्री : ३६६
अन्य : २१
भोट खस्न सक्ने अनुमान : ८२५
जुन समूहले ४१० माथि भोट ल्याउन सक्छ जित सुनिश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.