Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नवराज सिलवालको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनवाइ साउन २६ गते

Loading

काठमाडौं । डिआइजी नवराज सिलवालको मुद्दा सर्वोच्च अदालतले पुनः हेर्दाहेर्दामा राखेको छ । आफु भन्दा कनिष्ट प्रकाश अर्याललाइ प्रहरी महानिरीक्षक बनाउने निर्णय वदर गरी आफूलाइ आइजिपी बनाउन माग गरी दायर गरिएको रीटमाथिको सुनुवाइ अब साउन २६ गतेका लागि तोकिएको छ ।

बिहीबार सिलवाल पक्षका वकिलहरुको बहस सकिएपछि २६ गते फैसला आउने गरी पूर्ण इजलासले हेर्दा हेर्दैमा राखेको हो ।
प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको ५ सदस्यीय पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ भइरहेको छ ।

बिहीबार सिलवालको पक्षबाट बरिष्ठ अधिधवक्ता हरिहर दाहाल, बद्रीवहादुर कार्की, तुलसी भट्ट, टिकाराम भट्टराई, दिपेन्द्र झा लगायतका वकिलले बहस गरेका थिए । उनीहरुले प्रकाश अर्याललाई आईजीपी नियुक्ति गर्ने तत्कालिन सरकारको निर्णय नै अवैधानिक भएको तर्क गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.