Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौं । नेपाल टेलिकमले अब विदेशबाट आएको कल उठाउँदा बोनस दिने भएको छ । जीएसएम र सीडीएमएको पोस्टपेड वा प्रिपेड मोबाइलमा विदेशबाट आएको फोनमा बोनस दिइने भएको हो । यसका लागि एक हप्तामा सात मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गरे सात मिनेट भ्वाइस कल गर्न र सात वटा एसएमएस निःशुल्क पठाउन सक्ने टेलकमले जनाएको छ । यो योजना अगस्त १ तारिखदेखि ९० दिनसम्म लागू हुने छ ।

टेलिकमले १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट करसहित मासिक रु. १००० मा उपलब्ध गराउने अफर पनि ल्याएको छ । यसअघि मासिक १०१७ मा २५६ केबीपीएस गतिको मात्र एडिएसएल उपलब्ध थियो ।

त्यसैगरी टेलिकमले भोल्युम बेस्ड एडिएसएलको मूल्य पनि घटाइएको छ । अब १५ जिबी डाटा रु. ३०० मा पाइनेछ । २५ जीबी डाटाको रु. ५०० र ४० जीबीको डाटाको मूल्य रु. ७०० तोकिएको छ ।

त्यसैगरी दर्ता शुल्क पनि भोल्युम बेस्ड डाटाको लागि करबाहेक रु. २०० र अनलिमिटेड डाटाको लागि रु. ३०० तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed