Breaking News.... EverestOnlineKhabar
June 24, 2026

भरतपुर १९ मा फेरि चुनाव गर्ने सर्वोच्च अदालतको फैसला

Loading

काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि मतदान गर्ने फैसला गरेको छ ।

मतपत्र च्यातिएपछि उत्पन्न विवादका सम्बन्धमा सर्वोच्चमा जारी मुद्दामा आइतबार सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले फेरि मतदान गर्नुपर्ने फैसला सुनाएका हुन् । भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेको हो ।

यसअघि आइतबार पनि दिनभरी यो विषयमा बहस भएको थियो । सर्वोच्चको फैसलालाइ भरतपुर महानगरपालिकाको लागि एमालेका उम्मेदवार देवी ज्ञवालीले ‘दुर्भाग्य’ भनेका छन ।

मतगणनाकाक्रममा मतपत्र च्यातिएपछि यसअघि निर्वाचन आयोगले पनि पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

घटनाक्रम :

मतपत्र च्यातिएको : जेठ १४ गते

पुनः मतदान गर्ने आयोगको निर्णयः जेठ २० गते

आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट : जेठ २१ गते

पुनः मतदानको निर्णय :जेठ २२ गते

हेर्न नभ्याइएको : जेठ २८ र ३०

आयोगको निर्णय झिकाउने आदेश । च्यातिएको मतपत्र पेश गर्न आदेश : असार ६ गते

मुद्दाको सुनुवाई सारियो :  असार २३ र २६ गते

हेर्दा हेर्दै : साउन २, ८, ९ र १२

फैसला :साउन १५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed