Breaking News.... EverestOnlineKhabar
June 24, 2026

उत्तर कोरियाले लगातार मिसायल परीक्षण गरेपछि अमेरिका चीनसंग रुष्ठ

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रम बन्द गराउन चीनले चाहिने जति प्रयास नगरेको भन्दै आलोचना गरेका छन् ।

प्योङयाङले एक महिनामा दोस्रो पटक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि ट्रम्पले समाजिक सञ्जाल ट्वीटर मार्फत चीनप्रति आक्रोश व्यक्त गरेका हुन । उत्तर कोरियाले हालै अमेरिकासम्म क्षेप्यास्त्र प्रहार गर्ने शक्ति प्राप्त गरेको बताएको थियो ।

शनिबार चीनले क्षेप्यास्त्र परीक्षणको विरोध गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको थियो । तर ट्रम्पले बेइजिङको प्रतिक्रियाप्रति असन्तुष्टी जनाउँदै अमेरिकाको चीनसँगको व्यापार घाटालाई उत्तर कोरियासँग लगेर जोडेका छन । उनले भने, “म चीनप्रति निराश भएको छु । हाम्रा पूर्व मूर्ख नेताहरुले व्यापारमा चीनलाई सयौं अर्ब डलर कमाउन दिए तर उनीहरु हाम्रा लागि उत्तर कोरिया विरुद्ध केही गर्दैनन, कुरा मात्रै गर्छन् । ’

राष्ट्रपति ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच यो वर्षको शुरुतिर उत्तर कोरियाबारे कुराकानी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed