Breaking News.... EverestOnlineKhabar
June 4, 2026

सरकार र अनसनरत डा. केसी पक्षबीच कुरा मिलेन, सोमबार पुनः वार्ता हुने

Loading

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच आइतबार भएको तेस्रो वार्तापनि बिना निष्कर्ष टुंगिएको छ ।

केसीका मुख्य माग दीर्घकालिन रुपमा अन्त्य गर्ने विषयमा छलफल नभएपछि वार्ता विना निष्कर्ष टुंगिएको केसी पक्षधर वार्ता टोलीका सदस्यले बताएका छन । सरकारी टोलीले भने चिकित्सा शिक्षा ऐन पारित गर्ने विषय संसदको क्षेत्राधिकारमा पर्ने भएकाले त्यसबारे कुरा बुझिदिन केसी पक्षलाइ आग्रह गरेको छ ।

तेस्रो वार्ता पनि असफल भएपछि अब सोमबार दिउँसो ३ बजे चौथो वार्ताको समय तय गरिएको छ । ११ औं पटकको अनसनमा रहेका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed