![]()
काठमाडौं । गत बिहीबार काठमाडौं क्षेत्रबाट हराएका ५ बर्षीय बालक बिशाल चौधरी अझै भेटिएका छैनन । प्रहरी र आफन्तले अथक प्रयास गर्दापनि उनको पत्ता लाग्न सकेको छैन । बालक चौधरी क्षेत्रपाटी–पकनाजोलस्थि सरस्वती सेकेन्डरी स्कुलबाट घर फर्कनेक्रममा हराएका हुन । उनलाइ मोटरसाइकलमा आएका दुइ जनाले लिएर गएको बताइएको छ । बालक सोही बिद्यालयमा युकेजीमा अध्ययनरत थिए । बालकका आमाबुवाले आफनो छोरा विद्यालयबाटै हराएको आरोप लगाएका छन ।
बालकको खोजिमा दत्तचित्त भएर लागेको बताउने प्रहरीले भने यसबारे अहिले केहि भन्न नसक्ने जनाएको छ । महानगरीय प्रहरी बृत सोह्रखुटटेले बालकको खोजि जारी रहेको मात्र प्रतिक्रिया दिएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको जनाएपनि त्यसबारे बिस्तृत जानकारी दिएको छैन ।
बालकका बाबु अजय चौधरीले चार दिन वित्दा समेत छोरो नभेटिएकाले खोजतलासमा सहयोग गरिदिन सबैलाइ आग्रह गरेका छन् ।


