Breaking News.... EverestOnlineKhabar
June 19, 2026

श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन…..?

Loading

कोहलपुर,१५ साउन ।
पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन्। अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएर पत्नीसँग विछोड गराएको भन्दै उनी पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बसेका हुन्। उनको स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको छ । सासुससुराले पत्नी दर्लामीलाई लुकाएको र आफूविरुद्ध मुद्दा दर्ता गराएको उनको आरोप छ ।
दैलेख नारायण नगरपालिका ६ घर भएका सार्कीले २०७३ असोजमा अन्तरजातीय विवाह गरेका थिए । उनी आफूमाथि अन्याय भएको भन्दै ससुरालीमा साउन ८ गतेदेखि भोकभोकै अनशनमा छन्।
पत्निलाई भड्काएर आफूबाट टाढा बनाएको र आफूलाई झुटो मुद्दा लगाएर फसाउन खोजेको उनले बताए। उनले भनेः‘हामी दुई एकअर्कोमा छुट्न चाहँदैनौ, सासुसुराले माईतीघरबाट संगै दैलेख पठाउने बहानामा बीच बाटोबाट भगाए।’
सार्कीको ससुराली बैजनाथ ३ नौवस्ता मसुरीखेत बाँकेमा रहेको छ। पत्नि रत्नाको लागि आफू भोकभोकै मर्न तयार रहेको उनले बताए। सासुसुराले पत्नि रत्नालाई आफूसामू नल्याउँदासम्म अनसन जारी रहने र मर्न परेपनि ससुराली घरमै मर्ने उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed