Breaking News.... EverestOnlineKhabar
June 19, 2026

प्रहरीले यसरी विफल बनायो सिड्नीमा आतंककारी आक्रमणको योजना

Loading

सिड्नी,१५ साउन ।
अस्ट्रेलियाको प्रहरीले एक विमानमाथि गर्न खोजिएको आतंककारी आक्रमण असफल पारेको प्रधानमन्त्री माल्कम टर्नबुलले बताएका छन् । आतंककारीले एक विमानमा आतंककारी आक्रमण गर्ने तयारी गरेको आशंकामा प्रहरीले कारवाही अभियान गरेको प्रधानमन्त्री टर्नबुलले बताए ।
यसक्रममा प्रहरीले आतंककारीको योजना असफल पार्न सफल भएको अस्ट्रेलियाका अधिकारीले बताएका छन् । प्रहरीले सिड्नीमा गरेको कारवाही अभियानको क्रममा आक्रमणको योजना बनाएको आशंकामा चारजनालाई पक्राउ गरेको छ । आतंककारीले विस्फोटक उपकरण प्रयोग गरी विमानमा क्षति पुर्‍याउने तयारी गरेको सूचनाका आधारमा कारवाही अभियान सुरु गरिएको र आतंककारीको प्रयास असफल पार्न सफल भएको प्रधानमन्त्री टर्नबुलले बताए । अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारीको र सिड्नीसहित देशभर आतंककारी विरुद्धको अभियान तीब्र पारिएको उनले जनाएका छन् ।
पक्राउ परेका चारजना इस्लामिक विद्रोही संगठनसँग सम्बद्ध रहेको अनुमान गरिएको अस्ट्रेलियाको संघीय प्रहरीले जनाएको छ । पछिल्लो केही दिनदेखि नै सिड्नीमा आक्रमणको तयारी भइरहेको जानकारी पाएको र त्यही आधारमा शतर्कता बढाइएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed