Breaking News.... EverestOnlineKhabar
April 20, 2026

के रियल मड्रिड छोड्लान् रोनाल्डोले…..?

Loading

मड्रिड,३ असार ।
रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफूमाथि लागेको कर छलीको आरोपबाट निराश रहेको र यसैकारण उनले क्लब छोड्न चाहेको उनका नजिकका साथीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यम खबर आएका छन् । स्पेनिस कानूनी अधिकारीले रोनाल्डोमाथि लाखौं युरो बराबरको कर छली गरेको आरोप दर्ता गरेका छन् । तर रोनाल्डोले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् र आफूले केही गलत नगरेको बताउँदै आएका छन् ।
रोनाल्डो निकट स्रोतले भन्योः‘रोनाल्डो आफूलाई इमानदार ठान्छन् र आफ्नो राम्रो चरित्र रहेकोमा उनी ठुक्क छन् ।’ रोनाल्डोलाई रियल मड्रिडबाट किन्न चाहनेले एक अर्ब युरो तिर्नु पर्छ । आफूमाथि लागेको आरोपले रोनाल्डो निकै दुःखी र उदास रहेको स्रोतले बताएको छ । सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका रोनाल्डोले क्लबसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।
उनले यो सिजन रियललाई ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् । रोनाल्डोलाई चिनियाँ क्लबले धेरै रकम प्रस्ताव गर्न सक्ने तर उनका एजेन्टले भने पेरिस सेन्ट जर्मेन वा प्रिमियर लिग क्लब फर्किन सुझाव दिने खबरमा उल्लेख छ ।
रियल मड्रिडले भने रोनाल्डोले क्लब छोड्न चाहेको बारे केही नबताएको उल्लेख गरेको छ । पोर्चुगलका रोनाल्डो रियल मड्रिडका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् । उनले रियलबाट तीन सय ९४ खेलमा चार सय ६ गोल गरिसकेका छन् ।
रोनाल्डोको निर्णय परिवर्तन गर्न कठिन
रोनाल्डोले क्लब छोड्न चाहेको खबर आएपनि त्यो सम्भावना भने कम रहेको विश्लेषकले बताएका छन् । सन् २००६ देखि २००९ सम्म रियल मड्रिडको अध्यक्ष रहेका रामोन काल्डेरोनले रोनाल्डोको मस्तिष्क बुझ्न निकै कठिन रहेको र उनले क्लब नछोड्नेमा आशावादी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed