![]()
इटहरी,२४ जेठ ।
निर्वाचन कार्यालय सुनसरीले गराएको नमुना मतदानमा १ सय १ जनाले मतदान गरेका छन् । जसमा १२ मत अर्थात् १० दशमलव ६२ प्रतिशत बदर भयो । मतदाता शिक्षा परिचालकले नै गरेको मतदानमा दोस्रो संविधानसभा निर्वाचनमा मुलुकभरिमा सबैभन्दा बढी मत ९ दशमलव ६० प्रतिशत बदर सुनसरीको क्षेत्र नम्बर ६ मा भएको थियो ।
मतदातालाई सही तरिका सिकाउने मतदाता शिक्षा परिचालकले नै गरेको मतदानमा १० दशमलव ६२ प्रतिशत बदर हुनुले मतदाता शिक्षा प्रभावकारी नभएको स्पष्ट हुन्छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख जानकीप्रसाद कर्णले मतदाता शिक्षामा जोड दिए पनि योपटक बदर मत बढ्ने बताए ।
मतदाता शिक्षाका परिचालक अधिकांशले मतदान गरेका थिए । प्रमुख कर्णले जिल्लामा निर्वाचन शिक्षाका लागि घरदैलो, केन्द्रमा छलफल र सञ्चारमाध्यमबाट प्रचारप्रसार गरिरहेको जानकारी दिए ।


